एनएमबि लघुवित्तले १० प्रतिशत बोनस सेयर दिने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एनएमबि लघुवित्तले १० प्रतिशत बोनस सेयर दिने


२८ पुस २०७९, बिहिबार


काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्थाले १०.५२६३ प्रतिशत लाभांश दिने भएको छ ।

२७ पुस बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयर धनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले हाल काय चुक्ता पुँजी ६५ करोड ५८ लाख ६२ हजार ८८२ रुपैयाँको १० प्रतिशतले हुने आउने ६ करोड ५५ लाख ८६ हजार २८६ रुपैयाँ बराबरको बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ३४ लाख ५१ हजार (१)रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयर धनीमा वितरण हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस