अर्थ सचिव रायाले लिए शपथ « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

अर्थ सचिव रायाले लिए शपथ


२८ पुस २०७९, बिहिबार


काठमाडौँ। अर्थ मन्त्रालयका सचिव तोयम रायाले नेपाल राष्ट्र बैङ्क सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट बिहीबार सचिव रायाले नेपाल राष्ट्र बैङ्क सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैङ्कका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस