सुनको मूल्य सामान्य वृद्धि, चाँदीको गिरावट « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुनको मूल्य सामान्य वृद्धि, चाँदीको गिरावट


२८ पुस २०७९, बिहिबार


काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । चाँदीको मूल्यमा भने थोरै गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख १ लाख २ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । चाँदी भने बुधबारको तुलनामा तोलामा रु ५ घटेर तोलामा १३६० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी तोलामा १३६५ रुपैयाँमा कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस