प्रदेश १ मा सभामुखको निर्वाचन आज « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रदेश १ मा सभामुखको निर्वाचन आज


२८ पुस २०७९, बिहिबार


काठमाडौँ । प्रदेश १ को सभामुखको निर्वाचन आज हुँदैछ । सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी छ ।

एकल उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित हुनेछन् । प्रदेश सभा सचिवालयका अनुसार सभामुखको निर्वाचनका लागि आज बिहान ११ बजे प्रदेश सभा बैठक बस्दैछ ।

माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुंगाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । ५० वर्षीय गौतम माओवादी जनयुद्ध लडेर आएका व्यक्ति हुन् । उनले प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् ।

प्रदेश १ को पहिलो कार्यकालमा एमाले सांसद प्रदीपकुमार भण्डारी सभामुख बनेका थिए । दोस्रो कार्यकालमा गौतम बन्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस