ब्याजदर घटाउने बैंकर्स सङ्घको निर्णय  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ब्याजदर घटाउने बैंकर्स सङ्घको निर्णय 


२७ पुस २०७९, बुधबार


काठमाडौँ । नेपाल बैंकर्स सङ्घले माघदेखि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ । २७ पुस बिहीबार बैंकर्स सङ्घले १ माघदेखि नेपाल राष्ट्र बैङ्कले गरेको व्यवस्था भित्र रहेर निक्षेपको ब्याजदर घटाउने निर्णय भएको बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसीले बताए ।

हाल वाणिज्य बैङ्कहरूले मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत ब्याजदर दिँदै आएका छन् । यस्तै नेपाल राष्ट्र बैंक्ले व्यक्तिगत र संस्थागत मुद्धति निक्षेपको ब्याजदर अन्तर २ प्रतिशत बिन्दुले अन्तर कायम गर्नुपर्ने व्यवस्था गरेको छ । जसअनुसार संस्थागत मुद्धति निक्षेपको अधिकतम ब्याजदर १०.१३३ प्रतिशत रहेको छ ।

यस्तै मुद्दती निक्षेपको अधिकतम र बचतको न्यूनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत कायम गर्नुपर्ने केन्द्रीय बैङ्कको व्यवस्था छ । नेपाल राष्ट्र बैङ्कले मुद्दती निक्षेपमा वाणिज्य बैङ्कहरूले दिएको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशतले मात्रै निक्षेपको ब्याजदर घटाउने पाइने व्यवस्था गरेको छ ।

सोही व्यवस्था भित्र रहेर मुद्दती तथा बचतको ब्याजदर हटाउने निर्णय भएको अध्यक्ष केसीले बताए ।

१ माघदेखि निक्षेपको ब्याजदर घटाउने निर्णय भएपनि कर्जाको ब्याजदर घट्न भने १ वैशाख २०८० कुर्नुपर्ने हुन्छ । नेपाल राष्ट्र बैङ्कले कर्जाको ब्याजदरलाई आधार दरसँग आबद्धता गराएको छ । त्रैमासिक रूपमा आधार दरमा भएको औसत घटबढको आधारमा सोही अनुपातमा कर्जाको ब्याजदर पनि घट्छ । माघ, फागुन र चैतमा निक्षेपको ब्याजदरको आधार दर कति घट्छ भन्ने हेरेर वैशाखमा कर्जाको ब्याजदर पनि घट्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस