खराब मौसमका कारण दैनिक उडान प्रभावित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

खराब मौसमका कारण दैनिक उडान प्रभावित


२७ पुस २०७९, बुधबार


काठमाडौँ । हुस्सु र शीतलहरका कारण नेपालगञ्ज विमानस्थलबाट पहाडी भेगमा हुने दैनिक उडान प्रभावित बन्न थालेका छन्।

नेपालगञ्ज विमानस्थलबाट पहाडी भेगमा हुने उडान ढिलो र स्थगित हुने गरेका हुन्। हरेक दिन जहाजले एउटा मात्रै उडान भए पनि यात्रुहरू धेरै नहुने गरेको स्थानीय बताउँछन्।

जहाजको क्षमता १८ जनाको भए पनि जहाजमा सामान भरेर करिब दैनिक १२ देखि १५ जना मात्रै हुने गरेको स्थानीयले बताए। नेपालगञ्ज विमानस्थलबाट सामान्य मौसममा दैनिक २० देखि २५ वटा उडान हुँदै आएको छ।

विमानस्थलबाट काठमाडौँ, पोखरालगायत विभिन्न पहाडी जिल्ला हुम्ला, जुम्ला, मुगु, बाजुरा, रुकुम जिल्लामा पनि उडान हुँदै आएको छ।

अहिले जाडो सिजनमा हुस्सु र शीतलहरका कारण विमानस्थलबाट हुने उडान प्रभावित हुँदै आएको नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरणका प्रमुख सुरेशप्रसाद खनालले बताए । उनले बिहान हुने उडान मौसम खराबीका कारण दुईदेखि तीन घण्टा ढिलो हुने गरेको जानकारी दिए।

चिसोका कारण पहाडी भेगका मानिस धेरै कम मात्रामा जहाजबाट यात्रा गरिरहेको प्रमुख खनालले बताए। उनले जहाजमा मानिस यात्रा कम गर्न थालेपछि एयरलाइन्सले कार्गो गरिरहेको बताए। यात्रु अपुग भएपछि एयरलाइन्स मिलेर सीमित उडान गरिरहेको प्रमुख खनालले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस