कारागारमा रहेका श्रीमानलाई छुटाईदिने भन्दै वेश्यावृत्तिमा लगाउने पक्राउ « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

कारागारमा रहेका श्रीमानलाई छुटाईदिने भन्दै वेश्यावृत्तिमा लगाउने पक्राउ


२७ पुस २०७९, बुधबार


पक्राउ

काठमाडौँ। पर्सामा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-१५ स्थित रानीपोखरी होटलका प्रबन्धक ५४ वर्षीय अनिलकुमार अरोडा, सोही होटलका वेटर महोत्तरी गौशाला नगरपालिका-११ का ३७ वर्षीय रमेशकुमार श्रेष्ठ र लमजुङ राईनास नगरपालिका-४ बस्ने ३२ वर्षीय डोलनाथ कट्टेल रहेका छन् ।

होटलको कोठामा एक महिलालाई कारागारमा रहेका श्रीमानलाई छुटाईदिने भन्दै झुठ्ठा आश्वासन र प्रलोभन समेत देखाई वेश्यावृत्ति गर्न बाध्य पारेको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

फक्राउ परेकाहरुविरुद्ध जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस