डोजर आतङ्क तत्काल रोकौँ : गङ्गालाल तुलाधर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डोजर आतङ्क तत्काल रोकौँ : गङ्गालाल तुलाधर


२७ पुस २०७९, बुधबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा. गङ्गालाल तुलाधरले विकासको नाममा जथाभाबी प्रकृतिको दोहन गर्न नहुने बताएका छन्।

बुधबार काठमाडौँमा भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा माननीयज्युहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा डा. तुलाधरले नवनिर्वाचित सांसदहरूले विकासका नाममा भइरहेका अनैतिक क्रियाकलाप रोक्न संसदमा आफ्नो आवाज बुलन्द गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले विपद् जोखिम न्यूनीकरणका लागि विज्ञहरुसँग् आवश्यक परामर्श गरेर मात्रै विकास निर्माण गर्न आवश्यक रहेको बताए।

पछिल्लो समय देशका अधिकांश क्षेत्रमा डोजर आतङ्क बढेको भन्दै प्रकृतिलाई मासेर भइरहेको डोजर आतङ्क तत्काल बन्द हुनुपर्ने उनले बताए।

उनले नेता, सांसद र मन्त्रीहरूले नै विपद् जोखिम न्यूनीकरणका लागि आफ्नो आफ्नो क्षेत्रमा विज्ञहरूको सल्लाहबमोजिम मात्रै विकास निर्माणका गतिविधिलाई अघि बढाउनुपर्ने सुझाव दिए।

उनले आगामी दिनमा सरकारले जोखिम स्थानको पहिचान गरी वैज्ञानिक, भूगर्भविद्, समाजशास्त्री, विपद् व्यवस्थापन विज्ञहरूको सुझावका आधारमा विकास निर्माणलाई अघि बढाउन नसक्ने हो भने देशले विपद्को ठूलो दुर्घटना भोग्नुपर्ने चेतावनी दिए। उनले संसदमा विपद् जोखिम न्युनिकरणका लागि कुरा उठाउँदा अर्को निर्वाचनमा हारिन्छ कि भन्ने डरले त्रस्त हुन आवश्यक नरहेको बताए।

उनले डोजर ड्राइभरसँग वैज्ञानिकहरू पनि हुनुपर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस