यी हुन् नेपाल टी-२० लिगका उत्कृष्ट खेलाडी, जिते लाखौँ पुरस्कार  « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

यी हुन् नेपाल टी-२० लिगका उत्कृष्ट खेलाडी, जिते लाखौँ पुरस्कार 


२७ पुस २०७९, बुधबार


काठमाडौँ । विराटनगर सुपर किंग्सका अल राउन्डर हुसैन तलात नेपाल टी-२० लिगको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

तलातले लिगभर १३ खेल खेल्दा ३६७ रन बनाएका थिए । १० विकेट पनि लिएका थिए । सर्वोत्कृष्ट खेलाडी घोषित भएसँगै उनले पाँच लाख रुपैयाँ नगद पुरस्कार पाए ।

यस्तै, फार वेस्ट युनाइटेडका हस्मतुल्लाह साहिदी लिगको उत्कृष्ट ब्याटर चुनिए । साहिदीले लिगभर ४०० रन बनाए । उनले दुई लाख ५० हजार रुपैयाँ पाए ।

काठमाडौँका अभिनाश बोहरा लिगको उत्कृष्ट बलर चुनिए । अभिनाशले पनि दुई लाख ५० हजार रुपैयाँ पाए ।

यस्तै, विराटनगरका सूर्य तामाङ उदीयमान खेलाडी घोषित । उनले एक लाख ८० हजार रुपैयाँ पाए ।

बुधबार भएको फाइनलमा विराटनगरलाई २४ रनले पराजित गर्दै लुम्बिनी अल स्टारले नेपाल टी-२० लिगको पहिलो संस्कारणको उपाधि जितेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस