५८ जनाको हस्ताक्षरसहित एमालेका गिरीको मुख्यमन्त्रीमा दाबी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

५८ जनाको हस्ताक्षरसहित एमालेका गिरीको मुख्यमन्त्रीमा दाबी


२७ पुस २०७९, बुधबार


काठमाडौँ । लुम्बिनी प्रदेश सभामा नेकपा एमाले संसदीय दलका नेता लीला गिरीले ७ दलका ५८ सांसदको हस्ताक्षरसहित बुधवार मुख्यमन्त्रीको लागि दाबी पेस गरेका छन्।

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको बहुमतीय सरकार गठनका लागि पुस २७ गते ४ बजेसम्मको समय सीमा तोकेर पुस २१ गते दलहरूलाई आह्वान गरेका थिए। प्रदेश प्रमुख शेरचनले दिएको अवधि भित्रै दलहरूले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्।

मुख्यमन्त्रीको दाबी पेसका लागि सत्ता गठबन्धनमा आबद्ध दलका सांसदहरू हस्ताक्षर सहित उपस्थित भएका थिए। लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै सांसदसहित पहिलो दल बनेको एमालेका २९ जना सांसद छन्। माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा, लोसपा र जनमतका ३–३ जना सांसदले समर्थन गरेका छन्।

त्यस्तै चार जना सांसद रहेको नागरिक उन्मुक्ति पार्टी र २ जना स्वतन्त्र सांसदले सरकारलाई समर्थन गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस