लोक सेवा तयारीका लागी छात्रवृत्ति दिइने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

लोक सेवा तयारीका लागी छात्रवृत्ति दिइने


२७ पुस २०७९, बुधबार


काठमाडौँ । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे-फोक्सुण्डो गाउँपालिकाले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति दिएर लोक सेवा पढाउने भएको छ । एसइई र कक्षा १२ मा साधारण वा प्राविधिक विषय लिई उत्तीर्ण गरेका गाउँपालिकाभित्रका बासिन्दालाई निजामती सेवामा प्रवेश गराउन गाउँपालिका कोषबाट छात्रवृत्ति दिएर लोकसेवा पढाउने भएको हो ।

निजामती सेवामा प्रवेश गर्ने चाहाना भएर पनि आर्थिक अभावले पढ्न नसकेका गरिब, दलित, द्धन्द्धपीडित, आदिवासी, जनजाति, सीमान्तकृतलगायतका लक्षित वर्गलाई माथि उठाउन छात्रवृत्ति दिएर लोकसेवा पढाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले जानकारी दिए ।

१५ दिने सूचना खोलेर आवेदन खोलिएकाले उत्तीर्ण गरेको तहमा ल्याएको अङ्क तथा ग्रेडका आधारमा छात्रवृत्तिका लागि छनोट गरिने शर्माले बताए ।गाउँपालिकाको कार्यविधि अनुसार राम्रो ग्रेड ल्याएका २७ जना व्यक्तिलाई मात्र छात्रवृत्ति लागि छनोट गरिने उनको भनाइ छ ।

प्रथम र दोस्रोपत्रको तयारी गरुञ्जेल लाग्ने खर्च सबै गाउँपालिकाले व्यहोर्ने बताइएको छ ।गाउँपालिकाले अघिल्लो पटक पनि छात्रवृत्ति दिएर लक्षित वर्गलाई लोकसेवा पढाएको थियो ।दुर्गमबाट पनि निजामती सेवामा प्रवेश गर्ने मौकासँगै आफ्नो भविष्य बनाउन चाहने विद्यार्थीका लागि सुनौलो अवसर समेत भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको यस्तो कार्यको सबैले प्रशंसा समेत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस