सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


२७ पुस २०७९, बुधबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।

आज छापावाल सुन तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलवार १ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन आज तोलामा १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस