२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ताप्लेजुङको हिमाली क्षेत्रमा जनजीवन प्रभावित

अ+ अ-

फुङ्लिङ । चिसो बढ्दै गएपछि ताप्लेजुङको हिमाली क्षेत्रका बस्तीको जनजीवन प्रभावित बन्दै गएको छ । पछिल्लो हप्ता चिसो बढेका कारण जनजीवन प्रभावित बन्दै गएको हो । घाम नलाग्ने, बाक्लो हुस्सु र चिसो हावासँगै बाक्लो तुषारो पर्न थालेपछि हिमाली क्षेत्रका बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ ।

असामान्यरूपमा चिसो बढ्दै गएपछि हिमाली बस्तीका सर्वसाधारणलाई अहिले दैनिकी चलाउन निकै मुस्किल पर्न थालेको स्थानीयवासी बताउँछन् । समुद्र सतहबाट तीन हजारभन्दा माथिका हिमाली बस्तीमा चिसोले बढी सताएको छ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका-६, लेलेपको ग्याब्ला, फले, घुन्सा, वडा नं ७, ओलाङ्चुङगोला, ओलाङ्चुङगोलाकै याङ्मालगायतका हिमाली बस्तीको जनजीवन चिसोले कष्टकर बनाउँदै लगेको छ । याङ्मा चार हजार दुई सय मिटर उचाइमा रहेको जिल्लाकै उच्च हिमाली बस्ती पनि हो ।

उक्त हिमाली बस्तीका कतिपय परिवार यसअघि नै चिसो छल्न बस्ती छाडेर न्यानो ठाउँ तथा सहरतिर गएका छन् । यतिबेला गाउँमै बस्दै आएका परिवार भने चिसोका कारण कष्टकर जीवन बिताइरहेका छन् । पछिल्लो केही सातायता निकै चिसो बढेको फक्ताङ्लुङ गाउँपालिका–६ घुन्साका केल्साङ शेर्पाले बताए । चिसोका कारण अधिकांश समय न्यानो लुगा लगाएर साथै आगो तापेर घरभित्रै बस्नुपर्ने अवस्था रहेको शेर्पाको भनाइ छ ।

केही दिनयता निकै चिसो बढेको र बढ्दो चिसोले दैनिकी चलाउन समस्या भइरहेको सोही गाउँका टाँसी तेन्जिङले शेर्पाले बताए । बाक्लो हुस्सु लाग्ने र तुषारो पर्ने गरेकाले चिसो ह्वात्तै बढेको शेर्पाले बताए । हिउँ पर्न नसक्नु र बाक्लो हुस्सु लाग्नु तथा तुषारो मात्र पर्नाले चिसो निकै बढेको उहाँको भनाइ छ । उनले हिउँ नपरेसम्म चिसो कायम रहने बताए ।

ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ वालुङले पनि हिउँ नपरेका कारण बढी चिसो भएको बताए । घाम नलाग्ने, बाक्लो हुस्सु र तुषारो मात्र पर्ने हुँदा अधिक चिसो भएको वालुङले बताए । उनले हिउँ परेपछि मात्र मौसम खुलेर वातावरण सन्तुलित हुने र तुलनात्मकरूपमा चिसो कम हुने बताए । चिसोले मानिसको दिनचर्यासँगै पशुचौपायालाई निकै समस्या पारिरहेको उनले बताए ।

चिसोकै कारण मिक्वाखोला गाउँपालिका-५, पापुङको तोक्पेगोला बस्ती रित्तो भएको छ । गत मङ्सिर अन्त्यदेखि नै तोक्पेगोलाका बासिन्दा चिसो छल्न सहरबजारतिर झरेपछि अहिले बस्ती खाली भएको पापुङका वडाध्यक्ष ग्यान्जे लामा शेर्पाले जानकारी दिए। वडाध्यक्ष शेर्पाका अनुसार चिसोको अवधि अर्थात् हिउँद मौसमभर तोक्पेगोला बस्ती खाली हुने गरेको छ ।

यसरी बढ्दो चिसोले सिङ्गो जिल्लाकै जनजीवन प्रभावित बन्दै गइरहेको छ । तुलनात्मकरूपमा हिमाली क्षेत्रका बस्तीको जनजीवन बढी प्रभावित र कष्टकर बन्दै गएको छ । चिसो बढेपछि हिमाली बस्तीका बासिन्दा यतिबेला अधिकांश समय घरभित्रै बस्दै आएका छन् । पशुचौपायालाई न्यानो गोठ तथा ग्वालीमा राखेको स्थानीयवासी बताउँछन् ।

सदरमुकाम फुङ्लिङ बजारमा पनि निकै चिसो बढेको छ । केही दिनयता बढेको चिसोका कारण बजार तथा सार्वजनिकस्थलमा चहलपहल पनि ह्वात्तै घटेको छ । मानिसको चहलपहल घटेपछि फुङ्लिङ बजारमा व्यापार व्यवसाय सुस्ताउँदै गएको स्थानीय व्यवसायीले बताएका छन् । केही दिनदेखि मौसम निरन्तर धुम्मिएको र चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान कार्यालय धरान ताप्लेजुङ फिल्ड कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस