बैंकर्स सङ्घको विशेष साधारण सभा भोलि, केसीलाई अध्यक्ष बनाउने तयारी  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बैंकर्स सङ्घको विशेष साधारण सभा भोलि, केसीलाई अध्यक्ष बनाउने तयारी 


२६ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाल बैंकर्स सङ्घले रिक्त रहेको अध्यक्ष चयन गर्नका लागि विशेष साधारण सभा गर्ने भएको छ । भोलि (बुधबार) काठमाडौँमा सङ्घले विशेष साधारण सभा बोलाएको छ ।

सङ्घका अध्यक्ष रहेको कृषि विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको कार्यकाल सकिएसँगै उनी बैङ्कबाट बिदा भएका छन् । उपाध्याय बैङ्कबाट बिदा भएसँगै बैंकर्स सङ्घका अध्यक्ष पद पनि रिक्त भएको छ ।

करिब एक वर्ष कार्यकाल बाँकी भएका उपाध्यायको बिदाइसँगै कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष सुनिल केसीले पाएका छन् । बुधबार हुने सङ्घको विशेष साधारण सभाले एनएमबि बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई नै अध्यक्ष बनाउने सहमति भइसकेको एक बैंकर्सले बताए ।

केसी अध्यक्ष चयन हुँदा रिक्त हुने उपाध्यक्ष पदमा को चयन हुन्छ भन्ने विषयमा बुधबार नै छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस