राजनीतिक उतारचढावप्रति निरपेक्ष रहनु राजसंस्थाको विशेषता हो : ज्ञानेन्द्र शाह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राजनीतिक उतारचढावप्रति निरपेक्ष रहनु राजसंस्थाको विशेषता हो : ज्ञानेन्द्र शाह


२६ पुस २०७९, मंगलबार


काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक उतारचढावप्रति निरपेक्ष रहनु नेपाली राजसंस्थाको मौलिक विशेषता भएको बताएका छन् ।

पृथ्वी जयन्तीका अवसरमा दिएको शुभकामना सन्देशमा उनले भनेका छन्, “हामी चाहन्छौँ-देश आफ्नै बाहुबलमा अघि बढोस्, राष्ट्र आफ्नै मौलिक मान्यतामा अघि बढोस्, सबै यत्न–प्रयत्न गतिविधि आफ्नै शैली ढाँचा तथा प्रक्रियाबाट अघि बढोस् । राष्ट्रियताबिनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्रै हुन्छ भन्ने पनि हामीले ठानेका छौँ । सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरे पनि यसबाट राष्ट्रमा सुख हुने छैन । विचार, आदर्श र सैद्धान्तिक निष्ठाभन्दा अङ्क तथा आकार प्रकारमा हाम्रो राजनीति अलमलिएको छ । त्यसैले राज्य पद्धति र प्रणाली सही प्रकारले पुनरावलोकन हुनु आवश्यक देखिन्छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस