ओलीको सम्बोधनप्रति गम्भीर ध्यानाकर्षण भएको छ : देउवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ओलीको सम्बोधनप्रति गम्भीर ध्यानाकर्षण भएको छ : देउवा


२६ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद्को पहिलो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको सम्बोधनप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिनुअघि भएको छलफलमा बोल्दै देउवाले सर्वोच्चको फैसला विपरीत ओलीको सम्बोधन रहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।

‘संसद विघटनको सवालमा केपी ओलीले गरेको सम्बोधनप्रति गम्भीर ध्यानाकर्षण भएको छ। उहाँको बोलीपछि संविधानको रक्षाका लागि खरो रूपमा उभिने बेला आएको छ,’ उनले भने। 

प्रधानमन्त्री प्रचण्ड पनि संविधानको रक्षाका लागि खरो रूपमा उभिने विश्वास रहेको बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस