प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत 


२६ पुस २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत मागेका छन् । संविधानको धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली २०७५ को नियम १५२ बमोजिम प्रस्ताव गरेका हुन् । 

उनले देश सङ्कटमा रहेको बताए । उनले शान्ति प्रक्रियाका कामलाई तार्किक निष्कर्षमा पुर्‍याउन पनि राष्ट्रिय सहमति आवश्यक भएको बताए । 

प्रधानमन्त्री प्रचण्ड यसअघि २ दुई पटक ९-९ महिना प्रधानमन्त्री भएको बताए । तर, पहिलो कार्यालयमा पार्टी भित्रको आन्तरिक सङ्घर्ष र बाहिरको कुरामा नै रुमलिन पुगेको बताए । त्यसलाई आत्मालोचना गर्न आफूलाई कुनै समस्या नरहेको उनले बताए । जनचाहना अनुसार काम गर्ने पनि उनले प्रतिबद्धता जनाएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस