‘सरकारको गुण र दोष हेरेर सदनमा प्रस्तुत हुनेछौँ’ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

‘सरकारको गुण र दोष हेरेर सदनमा प्रस्तुत हुनेछौँ’


२६ पुस २०७९, मंगलबार


मोरङ । प्रदेश १ का निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारले सबै दललाई समेटेर अघि बढ्नुपर्ने सुझाव दिएका छन्।

मङ्गलवार विराटनगरस्थित प्रदेशसभामा प्रदेशसभाको पहिलो अधिवेशनको दोस्रो बैठकमा बोल्दै राईले यस्तो बताएका हुन्।

नेकपा एकीकृत समाजवादी प्रदेशसभा सदस्यसमेत रहेका मुख्यमन्त्री राईले आफूहरू प्रतिपक्षमा रहने वा नरहने भन्ने विषय समयले बताउने जानकारी दिए।

सङ्घीयताको अनुपम व्यवस्थामा सबै राजनीतिक दलले मिलेर काम गर्नुको विकल्प नभएको बताउँदै राईले एमाले नेतृत्वको सरकारले प्रदेशका दलहरूलाई समेट्नुपर्ने सुझाव दिए।

उनले भने, ‘अहिलेको सरकारले राम्रो काम गर्दा एकीकृत समाजवादी सधैँ साथ र समर्थन दिन तयार रहेको छ। प्रतिपक्षले राम्रो काम प्रशंसा गर्ने र नराम्रो कामको आलोचना गर्नेछ। हामी सरकारको गुण र दोष अवस्था हेरिकन सदनमा प्रस्तुत हुनेछौँ।’

राईले प्रतिपक्षी दलको भूमिकाबारे प्रतिपक्ष विरोधका लागि मात्र सदनमा प्रस्तुत नहुने र रचनात्मक भएर गलत सही विषयमा आवाज उठाउनेमा जोड दिए।

उनले भने, ‘सरकारले बहुदलीय व्यवस्थामा फरक विचार पार्टीको अस्तित्व स्विकार्दै सहकार्य गर्नुपर्ने हुन्छ। प्रतिपक्षलाई पेलेर, प्रतिपक्षको कुनै कुरै नसुनेर अघि बढ्ने पुरानो अवस्था चिर्न आवश्यक छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस