घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्दै


२६ पुस २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमाले छोडेर स्वतन्त्र रूपमा चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्ने भएका छन्।

भुसाल एक–दुईभित्र एकीकृत समाजवादीमा आबद्ध हुन लागेको स्रोतले बतायो।

मंसिर ४ को निर्वाचनमा एमालेले छोडेर भुसाल रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए। उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो। गठबन्धनका तर्फबाट त्यो क्षेत्र नेकपा माओवादी केन्द्रलाई परेको थियो।

भुसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए। एकीकृत समाजवादीमा प्रवेश गर्न उनले एउटा प्रस्ताव पनि बुझाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस