पृथ्वी जयन्तीको दिन विदा दिने निर्णयमा उपेन्द्र यादवको विरोध « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पृथ्वी जयन्तीको दिन विदा दिने निर्णयमा उपेन्द्र यादवको विरोध


२६ पुस २०७९, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पृथ्वी जयन्तीमा सरकारले विदा दिनु जनआन्दोलनको भावना र मर्म विपरीत भएको बताएका छन्।

यादवले आज सामाजिक सञ्जालमा लेख्दै राजतन्त्रात्मक निरङ्कुश पञ्चायती व्यवस्थाले स्थापित गरेको पृथ्वी जयन्तीलाई प्रचण्ड सरकारले पुनर्स्थापित गर्नु जन–आन्दोलनको मर्म र भावना विपरीत कार्य भएको बताएका हुन्।

उनले यो कार्यले सहिदहरूको अपमान गर्ने र यसले विविधतामा एकता हैन एकतामा विभेद, असमानता र विविधता उत्पन्न गर्ने दाबी गरेका छन्। सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेपछि जसपाले यसको विरोध गरेको हो।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिने निर्णय यही पुस २५ गते गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस