मस्कोबाट गोवा आउँदै गरेको विमानमा बमको हल्ला, गुजरातमा आकस्मिक अवतरण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मस्कोबाट गोवा आउँदै गरेको विमानमा बमको हल्ला, गुजरातमा आकस्मिक अवतरण


२६ पुस २०७९, मंगलबार


काठमाडौँ । रुसको राजधानी मस्कोबाट भारतको गोवा आउँदै गरेको एक चार्टर्ड विमानमा बम रहेको सूचना पाएपछि आकस्मिक अवतरण गराइएको छ । मस्कोबाट आएको अजूर एयरको विमानलाई सोमबार राति गुजरातको जामनगरमा आकस्मिक अवतरण गराइएको हो ।

समाचार एजेन्सी पीटीआईका अनुसारमा विमान २३६ यात्रु र चालक दलका ८ सदस्य थिए । गोवाको डेबोलिम एयरपोर्टमा अवतरण गर्नुपर्ने उक्त विमानलाई जामनगरस्थित भारतीय वायु सेनाको एयरपोर्टमा अवतरण गराइएको थियो ।

सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालेपछि प्रहरी र बम डिस्पोजल टोलीले विमानको जाँच गरिरहेका समाचार एजेन्सी एनआईले जनाएको छ ।

भारतीय अधिकारीहरूले उक्त विमानमा बम रहेको धम्की आएको जानकारी नयाँदिल्लीमा रहेको रुसी दूतावासमा गराएका थिए । विमानमा बमको हल्लापछि भारतका विमानस्थलहरूमा सुरक्षा सतर्कता बढाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस