करेन्ट लागेर प्राधिकरणका कर्मचारीको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

करेन्ट लागेर प्राधिकरणका कर्मचारीको मृत्यु


२५ पुस २०७९, सोमबार


काठमाडौँ । डडेल्धुरामा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको भागेश्वर गाउँपालिका-४ आर्कुडाका ४२ वर्षीय सुन्दरसिंह भाट रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

प्रहरीका अनुसार भाट नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुरा अन्तर्गत बगरकोट सब-स्टेशनमा सुरक्षा गार्ड थिए।

घर नजिकैको ट्रान्सफर्मरमा सोमबार दिउँसो फ्युज जोड्ने क्रममा करेन्ट लागेर भाटको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी उमाकान्त जोशीले जानकारी दिए। 

उनको शवलाई पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल लगिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस