राष्ट्रियसभाको उपनिर्वाचन कार्यक्रम स्वीकृत, माघ ११ गते मनोनयन दर्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रियसभाको उपनिर्वाचन कार्यक्रम स्वीकृत, माघ ११ गते मनोनयन दर्ता


२५ पुस २०७९, सोमबार


काठमाडौं । निर्वाचन आयोगले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभाको रिक्त एक पदका लागि आगामी माघ २५ गते बुधबार हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ ।

स्वीकृत कार्यक्रमअनुसार माघ ८ गते मतदाता नामावली प्रकाशन गर्ने, दाबी विरोधलगायतका प्रक्रिया पूरा गरेर माघ १० गते अन्तिम नामावली प्रकाशन गरिनेछ ।

यस्तै माघ ११ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गरी दाबी विरोध, छानबिन, उम्मेदवारले नाम फिर्ता लिनेलगायतका प्रक्रिया पूरा गरेर माघ १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

माघ १६ गते नै उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण गर्ने र माघ २५ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएका व्यक्ति राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन योग्य नहुने आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३० र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३० मा भएको व्यवस्थाअनुसार सोही दफाको उपदफा १ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम नाम हटेको अवस्थामा भने उम्मेदवार बन्न पाउनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस