वामपन्थी सरकार भएकाले हाम्रो समर्थन : एकीकृत समाजवादी  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वामपन्थी सरकार भएकाले हाम्रो समर्थन : एकीकृत समाजवादी 


२५ पुस २०७९, सोमबार


काठमाडौँ । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रको सरकारलाई समर्थन गरेको छ। 

यहाँ माओवादी केन्द्रका सांसद शालिकराम जमरकट्टेल मुख्यमन्त्री बनिसकेका छन्। उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

जमरकट्टेलले नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) का ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए।

केन्द्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गर्ने/नगर्ने विषय निर्णय नगरिसकेको अवस्थामा प्रदेशका सांसदहरूले भने सरकारलाई समर्थन जनाएको हो। 

एकीकृत समाजवादीका प्रदेश सांसद लक्ष्मण लम्सालले माओवादीले सरकारलाई समर्थन गर्न अनुरोध गरेकाले समर्थन गरेको बताएका छन् । 

साथै केन्द्रबाट पनि के गर्ने भन्नेबारे स्पष्ट निर्देशन नभएको र अहिले वामपन्थीकै सरकार बनेकाले पनि समर्थन गर्नु स्वाभाविक नै भएको उनले बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस