सरकारका नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम [पूर्णपाठ] « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सरकारका नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम [पूर्णपाठ]


२५ पुस २०७९, सोमबार


काठमाडौँ । सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ। शिक्षा, स्वास्थ्य, रोजगारी, आर्थिक समृद्धि र सन्तुलित कूटनीतिलाई मुख्य प्राथमिकता दिएर सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम ल्याएको छ। 

साझा कार्यक्रम सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रियताको संवर्द्धन, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्व, सुशासन, विकास र समृद्धिका जनचाहना एवं समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्पका साथ न्यूनतम साझा ल्याएको बताए। 

सरकारले सङ्घ र प्रदेशमा दोहोरो भूमिका हुने अनावश्यक संरचना खारेज गर्ने बताएको छ। आर्थिक वर्षका लागि सवारीसाधन खरिदलगायत कार्यालय सञ्चालन खर्च कटौती गर्ने बताउँदै सरकारले विशेष अवस्थामा बाहेक सङ्घ र प्रदेशमा यो वर्ष नयाँ सार्वजनिक निकाय खोल्न रोक लगाउने बताएको हो। 

यस्तै, सरकारले सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुर्‍याउने र त्यसका लागि पालिकामा आधारभूत अस्पताल र प्रदेशहरूमा विशिष्टीकृत अस्पताल निर्माण गर्ने भएको छ। सरकारका नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै मन्त्री पौडेलले उक्त घोषणा गरे। सरकार प्रजनन उमेरका महिलालाई स्यानिटरी प्याड किन्न वार्षिक १५ सय उपलब्ध गराउने भएको छ। 

पूर्णपाठ :

Tags :
प्रतिक्रिया दिनुहोस