सरकारको कार्यक्रम एकताको आधार हो : प्रचण्ड  « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सरकारको कार्यक्रम एकताको आधार हो : प्रचण्ड 


२५ पुस २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गराएरै छाड्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने यसअघिको सरकारले ल्याएपछि कार्यान्वयन गर्न नसकेको तितो अनुभव आफूसँग भएको स्मरण गरे ।

सामाजिक न्याय र समृद्धिको पक्षमा जानुको विकल्प अहिले नभएको बताए । अहिलेको सरकार जनताको अभिमतको आधारमा बनेको भएकाले सफल बनाउन जानुपर्ने बताए ।

उनले भने, ‘नेकपा एमालेको पुरै सहयोग रहन्छ भन्ने प्रतिबद्धता आइसकेको छ । अन्य दलहरूको पनि त्यसरी नै छ । यो कार्यक्रम नै हाम्रो एकताको आधार हो । हामी सबैले सुविधारहित ढङ्गबाट कार्यान्वयनमा जानुपर्छ ।’

प्रधानमन्त्रीभन्दा अगाडि बोलेका एमाले अध्यक्ष केपी शर्मा ओलीले यो सरकारलाई सफल बनाउने उद्घोष गरेका थिए ।

प्रधानमन्त्रीले सरकारले ल्याएको नीति कार्यान्वयनमा जाने भएकाले कर्मचारीहरूलाई पनि कुनै दबाबमा नपरी काम गर्ने निर्देश गरे। नयाँ दलको उदय र पुराना दललाई खबरदारीसहित पठाएकाले अहिले सरकारले परिवर्तनमा जुट्नुको विकल्प नभएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस