४४१ मेगावाट क्षमताका २ आयोजनाको सम्भाव्यता अध्ययन गर्न डीएफसीको अनुदान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

४४१ मेगावाट क्षमताका २ आयोजनाको सम्भाव्यता अध्ययन गर्न डीएफसीको अनुदान


२५ पुस २०७९, सोमबार


काठमाडौँ । गोल्यान समूहले निर्माण गर्न लागेका ४४१ मेगावाट क्षमताका दुई वटा आयोजनाको सम्भाव्यता अध्ययन गर्न अमेरिकी विकास लगानी संस्था (डीएफसी) ले अनुदान सहयोग गर्ने भएको छ । 

३०६ मेगावाटको अपर मुगु कर्णाली र १३५ मेगावाट क्षमताको नामलान खोला जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन गर्न डीएफसीले अनुदान दिने भएको हो ।

नेपालमा निर्माण हुने जलविद्युत आयोजनाहरूको सम्भाव्यता अध्ययनमा पहिलो पटक अमेरिकी लगानी आउन लागेको गोल्यान समूह अन्तरगर्तका ओइलिभेट इनर्जी र पोलो इनजीर्ले यी २ आयोजना अघि बढाइरहेका छन् । यी आयोजनाको सम्भाव्यता अध्ययन गर्न करिब १ करोड अमेरिकी डलर लगानी चाहिनेछ । जसको ५० प्रतिशत रकम अनुदान दिने सम्झौता डीएफसीले गरेको हो ।

डीएफसीले नगदमै सम्भाव्यता अध्ययनको रकम दिने सम्झौता गरेको गोल्यान समूहको इनर्जी डिभिजनका प्रमुख कार्यकारी अधिकृत प्रवीन अर्यालले जानकारी दिए । उनले पछिल्लो गोल्यान समूहले ऊर्जा क्षेत्रमा लगानी बढाइरहेको र यसैको सहायता स्वरूप डीएफसीले लगानी गर्न लागेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस