२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकीकृत समाजवादी पनि सत्ता गठबन्धनमा सामेल 

अ+ अ-

काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने कि नदिने भन्ने प्रस्ट धारणा नबनाउँदै दुई वटा प्रदेशमा भने सो पार्टीका सांसदहरू सत्ताकै कित्तामा उभिन पुगेका छन् ।

बागमती प्रदेशका एकीकृत समाजवादीका सात जना सांसदहरूले सोमबार सत्ता गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका शालिकराम जम्मकट्टेललाई समर्थन गरे भने गण्डकीका एकमात्र सांसद दीपक मनाङेले पनि एमालेबाट मुख्यमन्त्री बनेका खगराज अधिकारीलाई समर्थन गरेका छन् । 

दुई प्रदेशमा सत्ता गठबन्धनलाई साथ दिएको एकीकृत समाजवादीले केन्द्र सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने मङ्गलवार मात्रै निर्णय गर्ने जनाएको छ । एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद खनालले केन्द्रको सङ्केत अनुसार नै गठबन्धनको सरकारलाई समर्थन गरेको बताए । 

यसैबीच एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सोमबार प्रतिनिधि सभामा बोल्ने क्रममा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने सङ्केत गरेका छन् । उनले आफ्नो पार्टी राजनीतिक स्थिरताको पक्षमा रहेको भन्दै छिटो-छिटो सरकार परिवर्तनको पक्षमा नरहेको बताए । अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डलाई सफल कार्यकालको शुभकामना दिँदै विगतको शिक्षाबाट पाठ सिकेर अघि बढ्न आग्रह समेत गरे । 

प्रतिक्रिया दिनुहोस