कुनै पनि दललाई जनताले विश्वास गरेको देखिएन : राजेन्द्र लिङदेन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कुनै पनि दललाई जनताले विश्वास गरेको देखिएन : राजेन्द्र लिङदेन


२५ पुस २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनताले कुनै पनि पार्टीलाई विश्वास नगरेको बताएका छन् । संसद्को पहिलो बैठकमा बोल्ने क्रममा लिंगदेनले जनताले कुनै पनि राजनीतिक दललाई विश्वास गर्न नसकेको भन्दै जनमतले सबै दललाई मिलेर अघि बढ्न भनेको बताए ।

‘जनताले कुनै पनि दललाई विश्वास गरेको देखिएन,’ लिङदेनले भने, ’जनमतले भन्यो कुनै पनि दल र विचारलाई निषेध गर्न मिल्दैन ।’ उनले किसानले मल नपाएको, निराशा बढिरहेको र विकासले गति लिन नसकेको चुनौतीको चाङमा नयाँ सरकार निर्माण भएको बताए । उनले राप्रपा जनादेश बमोजिम राष्ट्रिय एकता, सुशासन र सेवा प्रभाहका मुद्दामा विगतमा झैँ दृढताका साथ उभिन्छ । ‘राष्ट्रिय प्रजातन्त्र पार्टी अस्थिरताको कारक बन्ने छैन,’ लिङदेनले भने ।

उनले किसानले मल नपाएको, निराशा बढिरहेको र विकासले गति लिन नसकेको चुनौतीको चाङमा नयाँ सरकार निर्माण भएको बताए ।

उनले राप्रपा जनादेश बमोजिम राष्ट्रिय एकता, सुशासन र सेवा प्रभाहका मुद्दामा विगतमा झैँ दृढताका साथ उभिने बताए । ‘राष्ट्रिय प्रजातन्त्र पार्टी अस्थिरताको कारक बन्ने छैन,’ लिङदेनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस