प्रचण्डलाई माधवले भने : बोली एउटा, काम र व्यवहार अर्को नहोस् « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रचण्डलाई माधवले भने : बोली एउटा, काम र व्यवहार अर्को नहोस्


२५ पुस २०७९, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नागरिकका जनजीविकाको सवाललाई प्राथमिकता दिएर काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएका छन्।

सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सरकारले बोली एउटा र व्यवहार अर्कै गर्न नहुने बताएका हुन्।

उनले भने,’बोली र व्यवहारको तालमेल होस्। विगतको शिक्षा ग्रहण गरेर राम्रोसँग हिँड्नुपर्छ। भ्रष्टाचार, अनियमितता, अराजकता फैलिएको छ। सरकार र सांसदले यसमा ध्यान दिनू। बोली एउटा, काम र व्यवहार अर्को छ। त्यस्तो नहोस्।’

सरकारले सबै सेटिङहरु भत्काएर काम गर्न सक्नुपर्ने उनले बताए। ‘जनजीविकाको समस्या छ। सबै सेटिङ भत्काएर सरकारले काम गरोस्। अर्थतन्त्रको समस्या छ। मिटरब्याजीको समस्या छ। समाधानमा सरकारको ध्यान जाओस्।’

Tags :
प्रतिक्रिया दिनुहोस