अर्थतन्त्र सकारात्मक बन्दैछ, निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था छैन : मुख्यसचिव वैरागी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अर्थतन्त्र सकारात्मक बन्दैछ, निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था छैन : मुख्यसचिव वैरागी


२५ पुस २०७९, सोमबार


काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागीले निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।

सोमबार काठमाडौँमा भएको ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाण्डुबीचको एकीकृत कारोबार सुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशको अर्थतन्त्र निरन्तर सकारात्मक बन्दै गइरहेकाले निजी क्षेत्र लगानी गर्नका लागि आत्तिनु नपर्ने बताए । मुख्यसचिव वैरागीले पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक सङ्केत देखाइपरेकोसमेत बताए ।

उनले अर्थतन्त्रका सूचकहरूमा समेत सुधार हुँदै गइरहेको अवस्थामा बैङ्कहरू मर्जर भई देशकै ठूलो बैङ्क बनेको ग्लोबल आईएमई बैङ्कको कारोबारपछि सूचकमा झनै राम्रो हुने बताए । उनले निजी क्षेत्रलाई सरकारको साथ सदैव रहेको भन्दै सरकार निजी क्षेत्रको मनोबल कसरी बढाउने भन्ने बारेमा लागिपरेको बताए । उनले वर्तमान सरकारको प्राथमिकतामा नै अर्थतन्त्र परेकाले निजी क्षेत्रले आफ्नो मनोबल बढाउन एक जुट भई काम गर्न आवश्यक रहेको बताए ।

मुख्यसचिव वैरागीले निजी क्षेत्रहरू एकजुट भई काम गर्ने हो भने लगानी गर्ने कुरामा सोचेको परिणाम प्राप्त हुनेसमेत बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस