संसदमा रवि लामिछानेले सम्बोधन गर्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

संसदमा रवि लामिछानेले सम्बोधन गर्ने


२५ पुस २०७९, सोमबार


काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सोमबार बस्ने बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।

रास्वपा संसदीय दलको बैठकले सभापति एवं संसदीय दलका नेता लामिछानेलाई सम्बोधन गर्ने जिम्मेवारी लिएको हो ।

दलको बैठकमा सांसदहरूले उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई सल्लाह समेत दिएका थिए ।

बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा सदन चलाउन बनाइने अध्यक्ष मण्डलमा डा. चन्दा कार्कीको नाम सिफारिस गरिएको सांसद सन्तोष परियारले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस