बाबुराम गौतम प्रदेश १ को सभामुख बन्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बाबुराम गौतम प्रदेश १ को सभामुख बन्दै


२५ पुस २०७९, सोमबार


विराटनगर । प्रदेश १ को सभामुख बाबुराम गौतम हुने भएका छन् ।

सत्ता साझेदार दलहरूका बिचमा बाँडफाँड हुँदा प्रदेश १ को सभामुख माओवादीको भागमा परेको थियो ।

माओवादीको भागमा सभामुख परेसँगै माओवादीले गौतमलाई सभामुख बनाउने तयारी गरेको हो । उनी ओखलढुङ्गा १ (२)बाट निर्वाचित भएका हुन् ।

माओवादीका केन्द्रीय सदस्य समेत रहेका गौतमलाई माओवादी हेडक्वाटरले सभामुख बनाउन चाहेको छ ।

यसअघि सभामुखमा सङ्खुवासभाबाट निर्वाचित राजेन्द्र कार्कीको समेत सभामुख बन्ने चर्चा थियो । तर अन्तिममा गौतमलाई सभामुख बनाउने निर्णय माओवादीले गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस