जिल्ला प्रशासन रुपन्देहीद्वारा ६१ अवैध क्रसर उद्योग बन्द  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जिल्ला प्रशासन रुपन्देहीद्वारा ६१ अवैध क्रसर उद्योग बन्द 


२५ पुस २०७९, सोमबार


रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अवैधरुपमा सञ्चालन भई रहेका ६१ वटा क्रसर उद्योग बन्द गरेको छ । कानुन विपरीत दर्ता नगरी तथा नवीकरणलगायत सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन, प्रशोधन कार्यक्रम संलग्न उद्योगहरूलाई तत्काल बन्द गर्ने गृह मन्त्रालयको निर्देशनसँगै अवैध रूपमा सञ्चालन गरिएका उद्योग बन्द गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । 

गृहको निर्देशनअनुशार जिल्ला अनुगमनबाट निर्णय गर्दै आइतवारदेखि नै लागू हुने गरी अवैध रूपमा सञ्चालनमा आएका क्रसर उद्योग बन्द गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणी  पाण्डेले बताए । साथै त्यस्ता उद्योगहरूमा विद्युतको लाइन काट्ने निर्णयसमेत गरेको प्रजिअ पाण्डेको भनाई छ । 

गृह मन्त्रालयले विकास निर्माण आयोजनामा पूर्व स्वीकृत मापदण्ड र तोकिएको परिमाणभन्दा बढी ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन एवं दोहन हुने गरेको र आयोजना सम्पन्न भएपश्चातसमेत निरन्तर दोहन भईरहेको भन्ने जानकारी हुन आएको भन्दै वातावरण संरक्षण ऐन, २०७६ को पालना र अदालतको आदेश कार्यान्वयन गर्न सचिवस्तरीय निर्णय गरी अवैध क्रसर उद्योग बन्द गर्न सवै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको थियो  । 

Tags :
प्रतिक्रिया दिनुहोस