महिला सहसचिवहरूसँग डिजिटल सचेतना तथा नेतृत्व विकास सम्बन्धी अन्तरक्रिया  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महिला सहसचिवहरूसँग डिजिटल सचेतना तथा नेतृत्व विकास सम्बन्धी अन्तरक्रिया 


२५ पुस २०७९, सोमबार


काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले उपत्यका भित्रका महिला सहसचिवहरूसँग डिजिटल सचेतना तथा नेतृत्व विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा सूचना प्रविधिको प्रयोग, चुनौती तथा नीति निर्माण तहमा यसको महत्त्वबारे छलफल गरिएको थियो । 

अन्तरक्रिया कार्यक्रममा सूचना प्रविधि विज्ञ विवेक राणाले डिजिटल सचेतनाबारे कार्यपत्र प्रस्तुत गर्दै सूचना प्रविधिको प्रयोग तथा नवीन चुनौती र नीति निर्माण तहमा यसको महत्त्वबारे प्रस्तुतीकरण गरेका थिए । यसैगरी पूर्व सचिव यामकुमारी खतिवडाले गुणात्मक नेतृत्व विकास अनुभव, चुनौती तथा अवलम्बन गर्नुपर्ने विषयमा प्रकाश पारेकी थिइन् । 

कार्यक्रमबाट नीति निर्माण तहमा कार्यरत व्यक्तिहरूलाई नीतिगत तथा संस्थागत सुधार, समन्वय तथा सहकार्यका लागि सकारात्मक योगदान पुगेको सहभागीहरूको भनाई छ ।

मन्त्रालयको महिला सशक्तीकरण महाशाखा प्रमुख लक्ष्मी कुमारी बस्नेतको अध्यक्षता सञ्चालित उक्त कार्यक्रममा विशेष अतिथिका रूपमा उप महालेखापरीक्षक द्वय राममाया कुँवर र विन्दु विष्ट तथा कानुन आयोगकी सचिव लीला गड्तौला रहेका थिए ।  

Tags :
प्रतिक्रिया दिनुहोस