म्यानचेस्टर सिटी एफए कप : चेल्सीलाई हराउँदै सिटी चौंथो चरणमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

म्यानचेस्टर सिटी एफए कप : चेल्सीलाई हराउँदै सिटी चौंथो चरणमा


२५ पुस २०७९, सोमबार


काठमाडौँ । म्यानचेस्टर सिटी एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।

आइतबार राति चेल्सीलाई ४-० गोल अन्तरले हराउँदै सिटीले चौंथो चरणको यात्रा तय गरेको हो ।

सिटीलाई जित दिलाउन रियाद महरेजले दुई गोल गरे । जुलियन अल्भारेज र फिल फोडेनले एक-एक गोल गरे ।

खेलको २८ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । खेलको ३० औं मिनेटमा अल्भारेजले पेनाल्टीबाट गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

खेलको ३८ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीको अग्रता तेब्बर बनाए । त्यसपछि खेलको ८५ औं मिनेटमा महरेजले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४-० को जित दिलाए ।

Tags :
प्रतिक्रिया दिनुहोस