बढ्यो चिनीको मूल्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बढ्यो चिनीको मूल्य


२४ पुस २०७९, आइतबार


चिनी

काठमाडौँ । अवैध रूपमा भारतबाट भित्रिने चिनीमा सरकारले कडाइ थालेसँगै बजारमा चिनीको मूल्य बढेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार एक सातामा नेपाली चिनी उद्योगीले चिनीको मूल्य किलोमै ६ रुपैयाँले बढाएका छन् ।

होलसेलमा ८० रुपैयाँ किलोमा पाइने नेपाली चिनीको मूल्य आइतबारदेखि ८६ रुपैयाँ पुर्‍याइएको छ ।

चिनी तस्करी बढेको भन्दै सरकारले भन्सारमा कडाइ गरिरहेकाले भारतीय चिनी आउन बन्द हुने बित्तिकै बजारमा अभाव देखाएर नेपाली उद्योगले मूल्य बढाएको सङ्घका एक सदस्य व्यापारीले बताए ।

चिनीको मूल्य बढेको टोखा चेम्बर अफ कमर्सले पनि जनाएको छ । 

बजारमा अभाव हुने बित्तिकै मूल्य बढाउनु गलत भएको भन्दै उनले एक्कासी मूल्य बढेका कारण उपभोक्तालाई दिने जवाफ समेत नभएको बताए । बजारमा चिनीको खुद्रा मूल्यमा एकरूपता नभएको पनि उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस