काँग्रेसको गैरराजनीतिक चरित्रका कारण गठबन्धन टुट्यो : माधव « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काँग्रेसको गैरराजनीतिक चरित्रका कारण गठबन्धन टुट्यो : माधव


२३ पुस २०७९, शनिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाम–लोकतान्त्रिक गठबन्धन टुट्नुमा नेपाली काँग्रेस जिम्मेवार रहेको बताएका छन् ।

पार्टी निकट नेवा राष्ट्रिय संघको अधिवेशनको उद्घाटनका क्रममा अध्यक्ष नेपालले नयाँ सरकार गठनका लागि नेतृत्वको विषयमा काँग्रेसले विगतको समझदारीबाट पछि हटेका कारण नयाँ परिस्थितिको विकास भएको बताए ।

उनले संवैधानिक तथा राजकीय पद बाँडफाँडमा काँग्रेसले गठबन्धनका सहयात्री दलको भूमिका र योगदानलाई महत्त्व नदिएर सबैमा दाबी गर्ने गैरराजनीतिक चरित्र प्रस्तुत गरेको बताए ।

अध्यक्ष नेपालले निर्वाचनमा प्राप्त जनमतबाट राजनीतिक दलले पाएको शक्तिका आधारमा मुलुकको राष्ट्रिय राजनीतिमा जिम्मेवारी र भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । उनले आफ्नो पार्टीको शक्ति केही कमजोर भएकाले अब देशभर संगठन सुदृढीकरणमा क्रियाशील हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

‘सरकारको साझा नीति तथा कार्यक्रमलाई अध्ययन गरेर मात्र पार्टीले विश्वासको मत दिने वा समर्थन नगर्ने विषयमा निर्णय गर्नेछ,’ अध्यक्ष नेपालले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस