अमेरिकामा नयाँ सभामुखमा केभिन म्याकार्थी चयन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अमेरिकामा नयाँ सभामुखमा केभिन म्याकार्थी चयन


२३ पुस २०७९, शनिबार


वासिङटन डिसी । अमेरिकी प्रतिनिधि सभाले नयाँ सभामुख चयन गरेको छ । लामो गतिरोधपछि शनिबार बिहान कङ्ग्रेस सदस्य केभिन म्याकार्थीलाई सभामुखमा निर्वाचित गरिएको हो ।

अमेरिकाको रिपब्लिकन पार्टीका केभिन म्याकार्थी शनिबार १५ औं चरणको मतदानपछि प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका हुन्।

यससँगै प्रतिनिधिसभामा विगत केही दिनदेखि जारी राजनीतिक गतिरोध अन्त्य भएको विश्वास गरिएको छ । ५७ वर्षीय केभिन म्याकार्थीले प्रतिनिधि सभामा डेमोक्रयाटिक पार्टीकी ८२ वर्षीया न्यान्सी पेलोसीको स्थान लिएका छन्।

नोभेम्बर ८ मा भएको मध्यावधि निर्वाचनपछि ४ सय ३५ सदस्यीय प्रतिनिधिसभामा रिपब्लिकन पार्टीका सदस्य संख्या २२२ पुगेको थियो ।

योसँगै अमेरिकी प्रतिनिधिसभामा लोकतान्त्रिक पार्टीको बहुमत पुगेको छ । बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस