जसपाले थाल्यो विधान अधिवेशनको तयारी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

जसपाले थाल्यो विधान अधिवेशनको तयारी


२३ पुस २०७९, शनिबार


काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले विधान अधिवेशनको तयारी थालेको छ। आगामी चैत्रभित्र विधान अधिवेशन गर्ने तयारीमा जसपा जुटेको जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको विधान मस्यौदा समितिले पार्टीको विगतको आफ्नो साङ्गठनिक अनुभव, प्रमुख राजनीतिक दलका साङ्गठनिक पद्धति र संरचनाबारे अध्ययन थालेको छ। संघीय र समाजवादी मुलुकका विधान अधिवेशनसँग सम्बन्धित दस्तावेजहरु पनि उपयोगी हुन सक्ने समितिले ठहर गरेको छ ।

जनता समाजवादी पार्टी, नेपालको राजनीतिक समितिले सङ्गठनहरू गठन, पुनर्गठन गर्ने निर्णय गरेसँगै केन्द्रीय सङ्गठन विभागले मातहतका पार्टी सङ्गठन, समितिहरू र भ्रातृ सङ्गठनहरूसँग अभिलेख माग गर्ने भएको छ ।

जसपाले ज्येष्ठमा पार्टीको महाधिवेशन गर्ने पार्टीको तयारी गरेको छ। जसपाले मंसिर ४ को निर्वाचनमा प्रतिनिधि सभामा १२ सिट ल्याएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस