कांग्रेस संसदीय दलको बैठक बस्दै « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कांग्रेस संसदीय दलको बैठक बस्दै


२३ पुस २०७९, शनिबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज बस्ने गरी बैठक बोलाइएको जानकारी दिए ।

वर्तमान कांग्रेस संसदीय दलको पहिलो बैठक बस्न लागेको हो । बैठक कहाँ बस्ने भन्ने खुलाइएको छैन ।

बैठकमा संसद्को  बैठकमा कसरी प्रस्तुत हुने, सरकारलाई विश्वासको मत दिने/नदिनेलगायत विषयमा छलफल हुनेछ ।

प्रतिनिधिसभाको नयाँ कार्यकालको पहिलो बैठक यही पुस २५ गतेदेखि सुरु हुँदै छ । त्यसअघि भोलिपल्ट पुस २६ गते प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका छ ।

Tags :
प्रतिक्रिया दिनुहोस