व्यक्तिगत रूपमा प्रचण्डप्रति सकारात्मक छु : माधव नेपाल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

व्यक्तिगत रूपमा प्रचण्डप्रति सकारात्मक छु : माधव नेपाल


२२ पुस २०७९, शुक्रबार


काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति व्यक्तिगत रूपमा सकारात्मक धारणा रहेको बताएका छन् । तर विश्वासको मत दिने कि नदिने भन्ने सरकार कुन ढङ्गले अगाडि बढ्छ, त्यसअनुसार मात्र निर्णय लिने बताएका छन् ।

१० पुसमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तय भएको छ ।

एकीकृत समाजवादीले केही निर्णय गरेको छैन । शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, विश्वासको मतबारे जम्मै पक्षको विश्लेषण गर्छौँ । व्यक्तिगत रूपमा प्रचण्डजीप्रति सकारात्मक धारणा छ । सरकार कुन ढङ्गले अगाडि बढ्छ, यो हेरीकन टुङ्गो गर्छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस