अर्थ सचिव राया र राजश्व सचिव घिमिरेले सम्हाले कार्यभार « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

अर्थ सचिव राया र राजश्व सचिव घिमिरेले सम्हाले कार्यभार


२२ पुस २०७९, शुक्रबार


काठमाडौँ । अर्थ सचिव तोयम राया र राजश्व सचिव डा. रामप्रसाद घिमिरेले शुक्रबारदेखि कार्यभार सम्हालेका छन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार सिंहदरवारस्थित अर्थ मन्त्रालयमा नयाँ सचिवद्वय राया र घिमिरेलाई एक कार्यक्रमबीच स्वागत गरेका हुन् ।

सचिवद्वय राया र घिमिरेलाई स्वागत गर्नुअघि मन्त्री पौडेलले यसअघि मन्त्रालयको कार्यभार सम्हाल्दै आएका सचिवद्वय कृष्णहरि पुष्कर र राजश्व सचिव रामेश्वर दंगाललाई पनि बिदाइ गरेका थिए ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयमा नयाँ जिम्मेवारीसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रायालाई अर्थ सचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घिमिरेलाई राजस्व सचिवमा सरुवा गरेको थियो ।

सरकारले पुस्करलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा र दंगाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा सरुवा गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस