विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुन्छ : अर्थमन्त्री पौडेल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुन्छ : अर्थमन्त्री पौडेल


२२ पुस २०७९, शुक्रबार


काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएका छन्।

शुक्रबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएका हुन्। उनले वर्तमान सरकार महत्त्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित भइरहेको बताए।

उनले सरकारले विश्वासको मत लिएर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लागेको बताए ।

उनले भने, ‘वर्तमान सरकार केही महत्त्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित छौँ। सरकारलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयारीमा हुनुहुन्छ। पुस २६ गते सरकारले संसद्समक्ष संसदमा विश्वासको मत लिने कार्यक्रम रहेको छ। विश्वासको मत लिएसँगै मन्त्रीपरिषद्ले पूर्णता पाउनेछ। मन्त्री परिषद्ले पूर्णता पाएसँगै मन्त्रिपरिषद् राष्ट्रिय अभिभारामा केन्द्रित भएर जनता र राष्ट्रका समस्यामा केन्द्रित भएर गतिशील रूपमा अगाडि बढ्नेछ।’

उनले मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकार जनता र राष्ट्रका समस्यामा समाधान गर्ने गरी गतिशील रूपमा अगाडि बढ्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस