निराकार पाण्डेको शव ल्याउन सरकारले आर्थिक सहयोग गर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

निराकार पाण्डेको शव ल्याउन सरकारले आर्थिक सहयोग गर्ने


२२ पुस २०७९, शुक्रबार


काठमाडौँ । कम्बोडीयामा निधन भएका निराकार पाण्डेको शव ल्याउन सरकारले आर्थिक सहयोग गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको शुक्रबार सरकारका प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

कम्बोडियाको पोइपेट सहरको ग्रान्ड डायमन्ड सिटी होटेल र क्यासिनोमा गत बुधबार राति भीषण आगलागी हुँदा झापा विर्तामोडका पाण्डेसहित १९ जनाको ज्यान गएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस