सर्वदलीय बैठक आज बस्दै, यस्ता छन् एजेण्डा ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सर्वदलीय बैठक आज बस्दै, यस्ता छन् एजेण्डा !


२२ पुस २०७९, शुक्रबार


sanghiya sansad

काठमाडौँ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सभाको पहिलो बैठकका लागि एजेण्डा तय गर्न आज (शुक्रबार) सर्वदलीय बैठक बोलाएका छन् । संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा दलका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ । स्वतन्त्र सांसद पनि सहभागी हुने छन् ।

सभामुखको निर्वाचनको नहुँदासम्म बैठक सञ्चालन गर्ने प्रक्रिया, सभामुखको निर्वाचन प्रक्रियाका लागि प्रतिनिधि सभाको नियमावली अनुमोदन गर्ने लगायतका विषयमा छलफल हुनेछ । सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधनलगायतका एजेण्डामा पनि छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस