भीरबाट लडेर एक महिलाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भीरबाट लडेर एक महिलाको मृत्यु


२२ पुस २०७९, शुक्रबार


सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा बादे भीरबाट लडेर २३ वर्षीया पवित्रा रावतको ज्यान गएको स्थानीयले जानकारी दिएका छन् ।

स्थानीय सत्यनारायण बस्नेतका अनुसार घाँस काट्ने क्रममा ढुङ्गा लागेर घाइते भएकी रावतको घर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । रावत दम्पती घाँस काट्न जङ्गल भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस