इङ्लिस प्रिमियर लिग :  म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

इङ्लिस प्रिमियर लिग :  म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो


२२ पुस २०७९, शुक्रबार


काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ ।

आज बिहान भएको खेलमा सिटी १-० गोलले विजयी भएको हो । सिटका रियाद महारेजले खेलको ६३ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै सिटीको १७ खेलमा ३९ अङ्क भएको छ ।

सिटी अङ्क तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको आर्सनलको १७ खेलमा ४४ अङ्क छ । पराजित चेल्सीको १७ खेलमा २५ अङ्क छ । चेल्सी अङ्क तालिकाको १०औँ स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस