नारायण नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम लागू « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नारायण नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम लागू


२१ पुस २०७९, बिहिबार


काठमाडौँ । दैलेखको नारायण नगरपालिकाले आफ्नै पाठ्यक्रम तयार गरेर पढाइ सञ्चालन गरेको छ। नगरपालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वका विषयहरू, परम्परागत खाना, उत्पादन, परम्परागत पहिरन, आफ्ना वरपर रहेका बस्तुहरूको विश्लेषण र जानकारीसहितको पाठ्यक्रम निर्माण गरेर लागू गरिएको नगर प्रमुख लोमन शर्माले जानकारी दिए।

नगर प्रमुख शर्माले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रमअनुसार पढाइ सञ्चालन सुरु भएको बताए। विद्यार्थीहरूलाई कक्षागत आधारमा स्थानीय पाठ्यक्रममा विभिन्न विषयहरू समावेश गरिएको छ। दोस्रो कार्यकालको लागि निर्वाचन भएलगत्तै यो अभियान थालिएको नगर प्रमुख लोमन शर्माले बताए।

नगर उपप्रमुख पत्ताकुमारी थापाले शैक्षिक क्षेत्रमा स्थानीय विषयलाई पहिलो प्राथमिकतामा राख्दै स्थानीय पाठ्यक्रमका अलावा बालबालिकालाई पर्न सक्ने अन्य समस्याहरू समाधानका लागि पनि नगरपालिकाले प्रभावकारी काम गरेको बताइन्।

शिक्षकहरूको समूह निर्माण गरी विज्ञहरूसँग विभिन्न विषयमा छलफल र बहस गरेर स्थानीय पाठ्यक्रम तयार गरिएको नगरपालिकाको वडा नं। ६ का अध्यक्ष जनक न्यौपानेले बताए। पाठ्यक्रम निर्माणका लागि जीवराज तिमिल्सेनाको संयोजकत्वमा नगरपालिकाभित्रका सबै तहका शिक्षकहरूको समिति निर्माण गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस