१८ हजार कर्मचारी कटौती गर्ने अमेजनको घोषणा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

१८ हजार कर्मचारी कटौती गर्ने अमेजनको घोषणा


२१ पुस २०७९, बिहिबार


काठमाडौँ । अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले १८ हजार जना कर्मचारी कटौती गर्ने घोषणा गरेको छ ।

आर्थिक मन्दीका कारण खर्च कटौती गर्ने योजनामा रहेको कम्पनीले १८ हजार जनालाई बिदा गर्ने बताएको हो ।

कम्पनीका प्रमुख कार्यकारी एण्डी ज्यासीले कम्पनीका तीन लाख कर्मचारी मध्ये ६ प्रतिशत अर्थात् १८ हजार रोजगारी कटौती गर्ने बताएका हुन् ।

यही जनवरी १८ सम्ममा कटौतीमा पर्ने कर्मचारीहरूलाई सूचित गरिसक्ने पनि उनले बताएका छन् ।

कहाँ कार्यरत कर्मचारीहरू कटौतीमा पर्नेछन् भन्ने नखुलाइए पनि अमेजनको स्टोर, जनसम्पर्क र प्राविधिक क्षेत्र बढी प्रभावित हुने प्रमुख कार्यकारी ज्यासीको भनाइ छ ।

मन्दीको सङ्केत देखिएपछि कर्मचारी भर्ना र गोदामहरूको विस्तार रोकेको अमेजनले थुप्रै नयाँ योजनाहरू पनि स्थगित गरेको छ ।

अमेरिकालगायत विश्वका ठुला अर्थतन्त्रहरू समस्यामा पर्न थालिसकेको अवस्थामा ठुला बहुराष्ट्रिय कम्पनीहरूले पनि खर्च कटौती सुरु गरेका हुन ।

Tags :
प्रतिक्रिया दिनुहोस